logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

युक्रेनका नेपालीको तत्काल उद्धार गर्न एनआरएनएको आग्रह


अंकुरण खबर
1.053K
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा रहेका नेपालीहरुलाई तत्काल उद्धारको पहल गर्न नेपाल सरकार समक्ष आग्रह गरेका छन् ।

डा. केसीले एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका ४०० जना नेपालको उद्धारको पहलको लागि आग्रह गरेका हुन् ।

‘युद्द भनेको युद्द नै हो, त्यसैले नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुको सक्दो छिटो उद्दार गर्नु पर्ने आवश्यकता छ । हामी सरकार तथा त्यहाँ रहेका नेपालीबीच समन्वय गरि उद्धार गर्न तयार छौं । रसिया र युक्रेनबीचको द्वन्दमा त्यहाँ  रहेका नेपालीहरु त्रशित छन् । द्वन्दको बेला सर्वसाधारणमाथि हमला गरिने छैन् ‘  उल्लेख गरेका छन् ।

सैनिक अड्डाहरुमा मात्र आधुनिक क्षेप्यास्त्रले हमला गरिएकोले सर्बसाधारणको  जिवनमा खासै खतरा छैन् भन्ने सरकारी दावी रहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युक्रेनका पदाधिकारी साथीहरुले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुसंग सम्पर्क रहदै  आएको डा. केसीले जनाए । केसीका अनुसार  हाल सम्म त्यहाँ रहेका सबै नेपालीहरु सकुशल छन् ।

डा. केसीले स्वयं नेपाली दुताबास जर्मनी, रसिया तथा गैर आबासीय नेपाली संघ युक्रेनका पदाधिकारी र त्यहाँका नेपालीहरुसंग निरन्तर सम्पर्कमा रहेर नेपालीको उद्धारको प्रयास गरेको बताए ।