logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा चुकः गृहद्वारा छानबिन समिति गठन


अंकुरण खबर
624
Shares

गृह मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसाविना नै एक व्यक्ति पुगेको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएकाले यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै गृहले शुक्रबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई काम थालेको मितिदेखि सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही ९ फागुन सोमबार राति १०ः४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानको बिजनेस क्लासमा पासपोर्ट, भिसाविना नै रौतहटका १८ वर्षीय मोहम्मद शेख आलम पुगेका थिए ।

Avatar