logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवा र प्रचण्डबीच छलफल, जनार्दन पनि पुगे बालुवाटार


अंकुरण खबर
1.313K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल जारी छ ।

करिब आधा घण्टाअघि बालुवाटारमा सुरु भएको दुई नेताबीचको ‘वान टु वान’ वार्ता चलिरहेकै बेला अर्थमन्त्री जनार्दन शर्मा पनि बालुवाटार पुगेका छन् ।

बिहीबार एमसीसीमाथि सैद्धान्तिक बहसलाई छल्न उपत्यका बाहिर पुगेका शर्मा शुक्रबार भने बालुवाटार पुगेका हुन् ।

एमसीसी सम्झौता अनुमोदन गर्ने देउवाको अडान र माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीको विपक्षमा मतदान गर्ने अडानले पाँच दलिय गठबन्धन विघटनको संघारमा पुगेको थियो । बिहीबार दुई पटक कांग्रेस र एमालेबीचको छलफलबाट झस्किका सत्ता साझेदार दुई दल एमसीसी फेल गराउने योजनाबाट पछि हटेपछि शुक्रबार सत्ता गठबन्धनका नेताहरुबीच छलफल भइरहेको छ ।

माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा मतदान नगर्ने बरु मतदानका बेला प्रतिनिधिसभाको बैठक बहिष्कार गर्ने निर्णयमा पुगेका छन् । गठबन्धन तोड्दा कसैलाई फाइदा नहुने निष्कर्षमा दुई दल पुगेपछि गठबन्धनमा संवादको अवस्था सिर्जना भएको हो ।