logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विद्या भट्टराई र मन्त्री वीना मगरद्वारा मतदान सम्पन्न


अंकुरण खबर
1.924K
Shares

काठमाडौं – प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि भैरहेको उपचुनावका क्रममा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई र खानेपानी तथा सरसफाइ मन्त्री वीना मगरले मतदान गरेका छन्।

कास्की-२ मा भइराखेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई र मन्त्री वीना मगरले कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर मतदान गरेका हुन्।

कास्की-२ मा २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित नेकपा सांसदसमेत रहेका पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त पदका लागि निर्वाचन भइरहेको हो।