logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुने, बैठक अगाबै सहमति जुटाउन दलहरुबीच छलफल जारी


अंकुरण खबर
780
Shares

प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा एमसीसी लगाएतका विषयमा छलफल हुने भएको छ ।

आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी लगाएतका विषयमा छलफल हुने संघीय संसद सचिवालयले कार्यसूची सार्वजानीक गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने, एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारले रोक्न आग्रह गरे पछि स्थगित गरिएको थियो ।