logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मंसिर १५ र १७ सार्वजनिक विदा


अंकुरण खबर
2.431K
Shares

जनकपुर – मंसिर १५ र १७ प्रदेश २ सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ ।

प्रदेश २ मा भइरहेको दूईवटा सांस्कृतिक उत्सवका लागि प्रदेश सरकारले दूई दिन सार्वजनिक विदा दिएको हो । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा मंसिर १५ गते र गढीमाई मेलाका अवसरमा मंसिर १७ गते गरी दुईदिन विदा दिएको हो ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरधाममा भव्यताकासाथ राम–जानकी विवाह महोत्सवको मनाइँदै आएको छ । विवाह पञ्चमीको विदा प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी क्यालेण्डरमै उल्लेख गरेको प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

यसैगरी वाराको गढीमाईमा प्रत्येक ५ वर्षमा लाग्ने मेला अहिले जारी छ । मंसिर १७ गते गढीमाई मेलामा विशेष पूजाआजा भएकोले सो दिन पनि प्रदेश २ भरि सार्वजनिक विदा दिइएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।