logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्थमन्त्री शर्माले गरे एमसीसी छलफलका संसद् बैठकमा पेस


अंकुरण खबर
403
Shares

अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्दै आजको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् ।

यसअघि एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुपर्ने अवस्थालाई छल्न जिल्ला भ्रमणमा गएको आरोप खेपेका अर्थमन्त्री शर्माले आइतबार सोही प्रस्ताव प्रस्तुत गरेका हुन् ।

सत्तारुढ गठबन्धनबीच व्याख्यात्मक घोषणासहित एमसीसी संसदमा पेस गर्ने सहमति भएपछि अर्थमन्त्री शर्माले आजको बैठकमा एमसीसी छलफलका लागि पेस गरेका हुन् ।