logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भक्तपुरमा हालसम्म ३५ प्रतिशत खस्यो मत


अंकुरण खबर
741
Shares

भक्तपुर – भक्तपुर क्षेत्र नं. १ क मा भएको उपनिर्वाचनमा जारी मतदानमा अहिले दिउसो साढे १२ बजेसम्म ३५ प्रतिशत भन्दा धेरै मत खसेको छ ।

चाँगुनारायण नगरपालिकाको ९ वटा बडा र भक्तपुर नगरपालिकाको वडा नं। १० मा भएको निर्वाचनमा ३५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयलका सूचना अधिकारी भिम बिसीले जानकारी दिए ।

यी क्षेत्रमा विहान ७ बजेदेखि मतदान सुरु भएको थियो । निर्वाचन अहिलेसम्म शान्ति पूर्वक सञ्चालन भइराखेको र मतदानमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

२२ मतदानस्थल र ५४ मतदान केन्द्रमा अहिले पनि मतदान जारी छ । यस प्रदेशमा कुल ४५ हजार १५ मतदाता रहेका छन् ।