logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङको मतदान केन्द्र नजिकै बम विस्फोट


अंकुरण खबर
858
Shares

लमजुङको सुन्दरबजार नगरपालिका २ मा मतदान भइरहँदा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ ।

महेन्द्र मन्दिर माबिनजिकैको मतदान केन्द्रमा बम बिस्फोट भए पनि कुनै क्षति भएको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङले बिहान करिब ९ बजेर ५५ मिनेट जाँदा बम बिस्फोट भए पनि कुनै क्षति नभएको बताए ।

लमजुङको सुन्दर बजार नगरपालिका वडा नम्बर २ को वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा २२९७ मतदाता रहेका छन् ।