logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कस्तो छ आजको मौसम ?


अंकुरण खबर
507
Shares

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।

सुदूरपश्चिमका पहाडी भूभागका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको आँकलन पनि गरिएको छ ।

राति पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।