काठमाडौं – सिरहाको पूर्वपश्चिम राजमार्गअन्तर्गत लहानमा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ क २४१७ नम्बरको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स २ प १८९९ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ निवासी २३ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले जनाएको छ।