नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी अनुमोदन भएसँगै चार दलीय सत्ता गठबन्धन दल आगामी स्थानीय तहको निर्वाचनसम्म जाने सुनिश्चित भएको बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसिसी अनुमोदन भएसँगै गठबन्धनमा देखिएको अन्योलता समाप्त भएको बताएका हुन् ।
उनले एमसिसी पास हुनुअघि गठबन्धनको भविष्यबारे अनेक खालका टिका टिप्पणी भएको, गठबन्धन टुट्ने, फेरि प्रतिगमनको उदय हुने लगायतका चर्चा भएपनि अहिले गठबन्धन सुरक्षित रहेको बताएका हुन् ।
उनले प्रतिपक्षी दलले संसद खुलाउनुपर्ने बताए । संसदको अवरोध नखुलाए अन्य विकल्पमा पनि जान सकिने प्रचण्डको धारणा छ ।