logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा देशभर थप १२६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु


अंकुरण खबर
988
Shares

पछिल्लो २४ घण्टामा देशभरिमा मा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ९१ पिसिआर परिक्षणका क्रममा १ सय ११ जना र १ हजार ८ सय ४२ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा थप ३ सय ८५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५८ हजार १ सय ९३ जना निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा २५ जना, ललितपुरमा ६ जना र भक्तपुरमा ४ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।