logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कार्यसम्पादन मूल्यांकनमा अजयमेरु गाउँपालिका देशकै उत्कृष्ट,सही बिचार र कार्यले सफल भयौं :अध्यक्ष भट्ट


अंकुरण खबर
1.924K
Shares

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा देशको पहिलो स्थानमा डडेल्धुराको अजयमेरु गाउँपालिका परेको छ ।

आयोगले सार्वजानिक गरेको मूल्यांकन प्रतिवेदनमा सबै भन्दा बढी अंक ल्याने ५ पालिका मध्ये ७८.६९ अंक ल्याएर अजयमेरु गाउँपालिका प्रथम भएको हो ।

आयोगले विभिन्न १७ सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरेको थियो । जसमा ७७.११ अंक ल्याएर मुस्ताङको लो घेकर-दामोरकुण्ड गाउँपालिका दोस्रो नम्बरमा पर्न सफल भएको छ । त्यस्तै ७६.४९ अंक ल्याएर तेस्रो नम्बरमा कैलालीको कैलारी गाउँपालिका, ७६.३८ अंग प्राप्त गरेर चौथो नम्बरमा कन्चनपुरको भिमदत्त नगरपालिका र ७६.५४ अंक ल्याएर गुल्मीको धुर्कोट गाउँपालिका पाचौं नम्बरमा पर्न सफल भएका छन् ।

आफ्नो गाउँपालिकाको आवश्यक्ता, संभावना,चुनौती र अबसरको पहिचान गरि सोही अनुरुप सचेततापूर्वक काम गरेकाले यो नतिजा पाउन सफल भएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टको भनाई छ । उनले आगामी दिनमा पनि गाउँपालिकाको समर्ग विकासमा कुनै कसर बाँकी नराखी अब्बल गाउँपालिका बनाउन प्रयास गर्ने बताए ।

आयोगले यस वर्ष पनि आन्तरिक राजस्व संकलनको अवस्था ,अघिल्लो आर्थिक वर्षको बजेट, खर्च र बेरुजुको अवस्था, समयमै बजेट पेश गरे,नगरेको, राजस्व बाँडफाँट न्यायोचित गरे नगरेको साथै पालिकाको समर्ग अवस्थाको बारेमा मूल्यांकन गरेको थियो ।