logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

विद्युत नियमन आयोगमा अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान


अंकुरण खबर
1.131K
Shares

सरकारले विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरेको छ ।

अध्यक्ष, तीन सदस्य (एक महिलासहित) का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो ।

इच्छुक र योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

आवेदन परेकामध्ये कार्ययोजनाको मूल्यांकनका आधारमा संक्षिप्त सूचीमा परेका बढीमा पाँच जनालाई कार्ययोजना प्रस्तुतिका लागि बोलाइने छ ।