logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बलात्कारका आरोपी सिद्धबाबा आइसीयूबाटै पक्राउ


अंकुरण खबर
702
Shares

बलात्कार अभियोग लागेका सिद्धबाबा जगत्गुरु कृष्णदासजी महाराजलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरस्थित विराटनगर अस्पतालमा उपचारका लागि आइसीयूमा भर्ना भएका कृष्णदासजी लाई सोमबार बिहान करिब ४ बजे सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माको टोलीले पक्राउ गरेको हो।

बिहानै उनलाई एम्बुलेन्समा राखेर सुनसरी जिल्ला प्रहरी कार्यालय लगिएको छ। सोमबार कार्यालय खुलेसँगै अदातलबाट अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाउने बताइएको छ।

आइतबार नै प्रहरीले पक्राउ गर्ने तरखर गरिरहदाँ उनी एकाएक गाइनेको डिलक्ब रुमबाट स्वास्थ्यमा समस्या आएको भन्दै आइसीयूमा भर्ना भएका थिए।

एक महिला अनुयायीबाट बलात्कार आरोप लागेका कृष्णदासजी महाराजले आफूलाई फसाइएको बताउदै आएका छन्। उनले सार्वजनिक भएको अडियो समेत आफ्नो नभएको र सो आवाजसमेत अरु नै कसैको भएको दाबी गरेका छन्।