logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२० लाख भन्दा बढी युक्रेनी शरण खोज्दै पुगे विदेशी भूमिमा


अंकुरण खबर
884
Shares

२४ जनवरीमा रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेपछि २० लाख भन्दाबढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् ।

राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै सो जानाकारी दिएको हो ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार युक्रेन युद्धका कारण २ लाख ११ हजार ३१२ मानिसहरु  देश छाडेर शरण लिन विभिन्न देशमा पुगेका छन् ।

यूएनएचसीआर प्रमुख फिलिप्पो ग्रान्डीले यसलाई ‘स्तब्ध बनाउने माइलस्टोन ’भनेका छन् । ‘मोनोलिथिक तथ्यांक पछाडि बिछोड, पीडा र क्षतिका दुई लाख कथाहरू छन्,’ उनले भने । पाशविक युद्धका कारण परिबारहरु निराश र अकल्पनीय पीडामा डुबेको उनले बताएका छन् ।

रूसी सेना युक्रेनतर्फ अगाडि बढेर विशेष गरी राजधानी किभतर्फ बढ्दै जाँदा यो प्रवाह तीव्र हुने अधिकारीहरू र राष्ट्र संघले अनुमान गरेका छन् । एजेन्सी