logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

जापानले विराटनगरमा खानेपानी व्यवस्थापन गर्न २.७ अर्ब रुपैयाँ अनुदान सहयोग दिने


अंकुरण खबर
923
Shares

जापान सरकारले नेपाललाई २.७ अर्ब रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेको छ ।

विराटनगरमा खानेपानी व्यवस्था सुधारको लागि उक्त रकम दिन लागिएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।

उक्त अनुदान सहयोग उपलब्ध गराउने सम्बन्धी नोटमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र जापानको तर्फबाट जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।

यो सहयोगले विराटनगरका जनताको जिवनस्तर उकास्न सहयोग पुर्याउने विश्वास जापानी दूतावासको छ ।

सहयोगबाट विराटनगरका एक लाख जनता लाभान्वीत हुने जनाइएको छ ।