logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२५ किलो चरेससहित दुई भारतीय नागरिक पक्राउ


अंकुरण खबर
1.274K
Shares

काठमाडौं – मकवानपुर प्रहरीले २५ किलो चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार राति पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा २५ प ८७८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा २५ किलो चरेससहित दुई भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहार मोतिहारी सिसुवा ग्राम-२ का २५ वर्षीय राजेश यादव र मोटरसाइकलमा पछाडि सवार बिहार मोग्लेसपुरका १८ वर्षीय ऋषि कुमार यादव रहेका छन् ।

आइतबार राति करिब साढे ९ बजे प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले मोटरसाइकलको ट्यांकीमुनि फल्स बटम बनाएर लुकाइछिपाइ ल्याइएको चरेससहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चरेस कहाँबाट ल्याइएको भन्नेबारे पक्राउ परेकाबाट खुलेको छैन । पक्राउ परेका दबै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।