logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चैत ७ भित्र सार्वजनिक सवारीको भाडा बढाउन यातायात व्यवसायीको अल्टिमेटम


अंकुरण खबर
1.651K
Shares

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत ७ भित्र सार्वजनिक सवारीको भाडा वृद्धि गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत ७ गतेभित्र भाडा समायोजन गर्न सरकारलाई अनुरोध गर्ने र सरकारले भाडा बृद्धि नगरे बाध्य भएर एकपक्षिय रुपमा भाडा वृद्धि गर्ने चेतावनी दिएको हो ।

महासंघले सार्वजनिक बसमा ९ प्रतिशत, ट्रकमा ११ देखि १३ प्रतिशत र पेट्रोलबाट चल्ने सवारी साधानमा ८ दशमलव ५ प्रतिशत भाडा बृद्धि गर्नुपर्ने माग राखेको छ। त्यस्तै बागमति प्रदेशमा ट्याक्सिको फ्लग डाउन रु ८० र पल्स २ सय मिटरको रु १० लाई आधार मानी भाडा समायोजन गर्नुपर्ने महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष यागेन्द्रनाथ कर्माचार्यले पेट्रोलियम पदार्थ र सवारी साधानको लागतको मूल्य बढ्दा पनि भाडा समायोजना हुन नसकेको भन्दै भाडा समायोजनका लागि राज्यसंग आग्रह गरिएको जानकारी दिए ।

महासंघले सरकारबाट २०७८ असार २७ गते समायोजन भएको भाडादर पर्यटक सवारीको हकमा समायोजन नभएकाले वैज्ञानिक भाडा समायोजन गर्न पनि माग गरेको छ ।