logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दहेज प्रथा विरुद्ध जनकपुरमा सामूहिक विवाह, १०८ जोडी सहभागी


अंकुरण खबर
3.081K
Shares

जनकपुरधाम – जनकपुरधाममा एक सय ८ जोडीको सामूहिक विवाह सुरु भएको छ । दहेज प्रथा विरुद्ध सामूहिक रुपमा आदर्श विवाह गरिएको हो।

जनकपुरधामको मणिमण्डपमा विश्व हिन्दु परिषद्को व्यवस्थानमा स्वयम्वरको लागि ठूलो पण्डाल बनाइएको छ। विवाह पञ्चमीको अवसरमा पण्डालमा छुटाछुट्टै मरवा(मण्डप) बनाईएको छ।

विवाहको खर्च चन्दा उठाएर जुटाइएको विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष कासिन्द्र यादवले बताए। उनका अनुसार, जन्तीको खानपान, बेहुलाबेहुलीको लुगाफाटो, सरसमान, बेहुलीलाई सुनको मंगलसुत्र सबै सहयोगी हात खोजेर जुटाइएको छ। अंग्रेजी बाजा, रथ पनि व्यवस्थापन गरिएको छ।

हिन्दु परिषद्ले गरेको आह्वानमा वेहुलावेहुली पक्षले विवाहको लागि फर्म भरेका थिए। कानुन अनुसार केटाकेटीको विवाह गर्ने उमेर पुगेको हुनु पर्ने शर्त राखिएको छ।

सामूहिक विवाहका लागी माग गरिएको आवेदन फाराममा वर र बधुको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता संलग्न गरिएको विश्व हिन्दु परिषद् नेपालको भातृ संगठन सन्त मार्ग दर्शन मण्डलका सह संयोजक महन्थ लक्ष्मण दासले जानकारी दिए। नेपाल खबरमा छ ।