logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

देशभरको मौसम सामान्यतया सफा रहने


अंकुरण खबर
481
Shares

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ ।

आज (सोमबार) देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।

देशको पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जन-चटयाङसहित हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार राती भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।