logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाली बने : मोहन वैद्य 


अंकुरण खबर
910
Shares

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नेपालका कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाली बनेको आरोप लगाएको छ ।

२५-२९ फागुनसम्म चलेको (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठकले  माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली बनेको आरोप लगाएको छ ।

बैठकको निर्णय सार्वजनिक गर्न सोमबार महासचिव किरणले जारी गरेको विज्ञप्तिमा कम्युनिष्ट पार्टीको भण्डाफोर गर्ने भन्दै उल्लेख गरिएको छ, ‘कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भण्डाफोर गर्न अति जरुरी भएको छ ।’Avatar