logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले सचिवालय बैठक आज बस्दै


अंकुरण खबर
481
Shares

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकको मिति र एजेण्डा तय गर्नेबारे छलफल हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

दुबै बैठक स्थानीय तह निर्वाचन केन्द्रित विषयमा छलफल गर्न बोलाउन लागिएको उनले जानाकारी दिए । स्थानीय निर्वाचन आउन मुश्किलले दुई महिना बाँकी छ ।

निर्वाचन अभियान आक्रमक ढंगले सञ्चालन गर्न दुबै तहको बैठकबाट थप निर्णय गरेर अघि बढ्ने उपाध्यक्ष ज्ञवालीले बताए ।