logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ताेलामा दुई हजार तीन सयले घट्याे सुनको मूल्य


अंकुरण खबर
494
Shares

नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा निर्धारण भएको छ ।