logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामाजिक सञ्जाल वाट्सएप मार्फत २९ लाख ठगी, संलग्न व्यक्ति पक्राउ 


अंकुरण खबर
624
Shares

सामाजिक सञ्जाल वाट्सएप मार्फत २९ लाख ४० हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका– ४ घर भएका ३८ वर्षीय गान्दिप गौतम छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी उनले विभिन्न व्यक्तिबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गौतमलाई पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।