logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलेसियाले माग्यो ठुलो संख्यामा नेपाली कामदार


अंकुरण खबर
1.04K
Shares

काठमाडौं – मलेसियाले ३१ हजार नेपाली कामदार माग गरेको छ ।

मलेसियाले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत एक विज्ञप्ति जारी गर्दै ३१ हजार २०१ जना नेपाली कामदार माग गरेको हो ।

मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, सेक्युरिटी गार्डसहित सेवा क्षेत्रका लागि १० हजार १८३, कृषि क्षेत्रका लागि १४ सय ७५, प्लान्टेसनका लागि १३ सय ९७ र निर्माण क्षेत्रका लागि एक हजार ३० जना नेपाली कामदार माग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।