logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङ दुर्घटना अपडेट : ११ जना मृतकको सनाखत


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – बागलुङको पश्चिम बडिगाडमा जीप दुर्घटना हुँदा मृत्यु भएका १५ जनामध्ये ११ जनाको सनखत भएको छ । चार जना घाइते भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिका–५, दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका–७ भीमगिठेकोमा दुर्घटना हुँदा ९ महिला र चार पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका–५ का रेशम थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया मैया थापा, नवलपरासी बर्खघाटकी झुमा कार्की, बागलुङ बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसी, गुल्मी, इम्मा–५ की ४० सीता कार्की र तुलसी कार्की रहेका छन् ।

यस्तै, इस्माकै ४५ वर्षीया भूमि कार्की, २५ वर्षीया मिना कार्की, धनबहादुर कार्की र ४० वर्षीय झवि कार्की रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खस्दा गम्भीर घाइते भएका चार जनालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि पठाएका छन् ।