काठमाडौं – काठमाडौं महानगरपालिका–१४ कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ परेका छन् ।
मकवानपुरको हटौंडा उपमहानगरपालिका–६ घर भएका ३९ वर्षीय दिपक राउतको दिपक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले ७ जनालाई सोमबार राति पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ६९ हजार रुपैयाँ र १ बुक ताससमेत बरामद भएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।