काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बढेको छ । आज नेप्से ३.७५ अंकले बढेर परिसूचक १११५.७४ बिन्दुमा पुगेको छ ।
कुल १७२ वटा कम्पनीको १० लाख १० हजारभन्दा बढी कित्ता शेयर २६ करोड ६८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको हो । आज कारोबारमा आएका समूहमध्ये व्यापार, विकास बैंक, वित्त र अन्य समूहबाहेक सबै समूह बढेका छन् ।
सिद्धार्थ बैंकको संस्थापक शेयर कारोबार सबैभन्दा धेरै अर्थात २ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज घोडीघोडा माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
तर, साल्ट ट्रेडिङ कम्पनीको लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूलय साढे ५ प्रतिशतले घटेको छ ।