logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आरोपी रोशनी नै महरालाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा


अंकुरण खबर
715
Shares

काठमाडौं – आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाही पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटन पुगेकी छिन् ।

उनले बलात्कार प्रयासको आरोपमा जेलमा रहेका महरालाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी हुन् ।

रोशनीले जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै आइतबार उच्च अदालतमा निवेदन दिएकी थिइन् । यद्यपि, रोशनीको उक्त निवेदनलाई अदालत प्रशासनले दरपीड गरिदिएको छ ।

उच्च अदालत पाटन स्रोतका अनुसार रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएकोलगायतका आरोप लगाएकी छिन् ।

निवेदनलाई प्रशासनले दर्ता गर्न अस्वीकार गरेपछि उनी दरपीठ आदेशविरुद्ध आज इजलासमा निवेदन दिन पुन अदालत पुगेकी हुन् । उनको निवेदन बुधबार इजलासमा पेश हुने उच्च अदालत स्रोतले जनाएको छ ।