logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना बिरामीको भर्ना बन्द गर्‍यो


अंकुरण खबर
3.159K
Shares

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको भर्ना प्रक्रिया बन्द गरेको छ ।

कोरोना संक्रमणदर अत्यन्तै न्यून रहेको भन्दै प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्मका लागि भर्ना प्रक्रिया बन्द गराएको हो ।

यो बीचमा कोही व्यक्तिहरू कोरोना संक्रमणको कारण अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आएमा संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथमा सम्पर्क गर्नुपर्नेछ । कोरोना संक्रमणदर उच्च भएमा पुनः उक्त सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ ।

पछिल्लो समय देशभर नै कोरोना संक्रमणदर कम हुँदै गएको छ । जसले गर्दा अन्य स्थानमा पनि कोरोना संक्रमितको उपचार गराउँदै आएका स्वास्थ्य संस्था तथा अस्पतालहरूले सेवा बन्द गराउँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणदरको अवस्थालाई हेरेर अन्य नियमित सेवालाई प्रभावकारी बनाउन निर्देशन दिइसकेको छ ।

Avatar