logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी प्रदेशका काँग्रेस नेताहरु चुनावी गठबन्धनको विपक्षमा


अंकुरण खबर
793
Shares

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीन तहकै निर्वाचन गठबन्धन गरेर प्रतिष्प्रर्धा गर्ने  बताइरहेका बेला लुम्बिनी प्रदेशका काँग्रेस नेताहरु भने गठबन्धनको विपक्षमा छन् ।

गठबन्धन गरेर चुनावमा जाँदा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फाईदा भएपनि काँग्रेसलाई घाटा हुने उनीहरुको तर्क छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले केन्द्रबाट गठबन्धन लादिए त्यो स्वीकार्य नहुने बताए ।

पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहे पनि स्थानीय नेता कार्यकर्ता त्यसको विपक्षमा देखिएका हुन् । संस्थापनइतर समूहमा रहेका लुम्बिनी प्रदेश सभापति पुनले काँग्रेस एक्लै चुनावमा जाने बताए ।

कार्यकर्ताको भावना पनि काँग्रेस एक्लै चुनावमा जानुपर्ने रहेकाले नेतृत्वले कार्यकर्ताको भवना बुझेर निर्णय गर्ने उनको विश्वास छ । ‘कार्यकर्ताको भावना विपरित गठबन्धन गरिए त्यो काँग्रेसकै निम्ति दुर्भाग्य हुन्छ, हामीले केन्द्रबाट गर्ने गठबन्धनको निर्णय स्वीकार्न सक्दैनौँ,’ पुनले भने ।