logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मङ्‍गलबार सेयर बजार ३.७५ अङ्‍कले बढ्यो


अंकुरण खबर
1.495K
Shares

सेयर बजार मापक नेप्से ३.७३ अङ्‍कले बढेको छ। निरन्तर ओरालो लाग्दै आएको नेप्से साताको तेस्रो दिन आज (मङ्‍गलबार) सुधार आएको हो।

आज जीवन बिमा कम्पनी समूह सबैभन्दा बढी ६३.७९ अङ्‍कले बढेको छ। उक्त दिन बैंकिङ, जलविद्युत लगायतका ८ समूहका सूचक बढेका छन्। यसैगरी, टेड्रिङ, डेभलपमेन्ट बैंक, फाइनान्स र अन्य समूहका सूचक भने ओरालो लागेका छन्।

नेप्से बढेर १११५.७४ अङ्‍कमा पुगेको छ। उक्त दिन कूल १२ समूहमध्ये ८ समूहको सूचक बढेको छ भने ४ समूहको सूचक घटेको छ।

उक्त दिन २६ करोड ६८ लाख १ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

उक्त दिन सिद्धार्थ बैंक लिमिटेडको संस्थापक सेयर सबैभन्दा बढी २ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो बढी रकमको कारोबार एनएमबी बैंकको सेयर भएको छ। उक्त बैंकको १ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तेस्रो बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर रहेको छ। उक्त इन्स्योरेन्सको १ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।