logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवाले गरे तनहुँ जलविद्युत आयोजनाको निरीक्षण


अंकुरण खबर
858
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री देउवालाई आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवासँगै  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आयोजनाको निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले बिहीबार आठौँ तनहुँ महोत्सव र ऋषिङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दैछन् ।