काठमाडौं – नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पाँचौं दिन आज बिहीबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिच भलिबल, भारोत्तोलन, र उसुको प्रतिस्पर्धा हुनेछ ।
जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।
१७ खेल मध्ये पाँच नयाँ खेलको सुरुवात हुनेछ । अरु अघिल्लो दिनदेखि जारी खेल सञ्चालन हुनेछ ।
चौंथो दिनसम्म भारतले ३४ स्वर्णसहित अग्रता बनाएको छ । त्यस्तै २९ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।
