logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टि-ट्वान्टी क्रिकेटमा नेपालको सर्वाधिक रन, ज्ञानेन्द्रले हाने सतक


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी-ट्वान्टीमा सतक प्रहार गरेका छन्।

१३ औं सागअन्तर्गत बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको भुटानविरूद्धको खेलमा ज्ञानेन्द्रले ५२ बलमा सतक हानेका हुन्। ज्ञानेन्द्रले ५ चौका र ९ छक्का प्रहार गरे। उनी १०७ रन हानेर आउट भएका छन्।

यसअघि पूर्वकप्तान पारस खड्काले टी-ट्वान्टीमा सतक प्रहार गरेका थिए।

ज्ञानेन्द्रको सतकसँगै नेपालले टी-ट्वान्टीमा अहिलेसम्मकै बढी रन बनाएको छ। यसअघि नेपालले मलेसियाविरूद्ध १७३ रन बनाएको थियो।

निर्धारित २० ओभरको नेपालले ३ विकेट गुमाएर २३६ रन बनाएको छ। नेपालका लागि पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए। रोहितकुमार पौडेल ६ बलमा छ रन हानेर आउट भए। अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन हाने। उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

कप्तान ज्ञानेन्द्र आउट भएपछि ब्याटिङ गर्न आएका आरिफ शेखले ४ बलमा ४ रन जोडे।

भुटानको तोब्देन सिंगेले १ र कर्मा दोर्जीले २ विकेट लिए। केहीबेरमा भुटानले जवाफी ब्याटिङ गर्नेछ।