logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

समाजवादी प्रेस संगठनको बैठकमा दुई प्रस्ताव पारित


अंकुरण खबर
598
Shares

समाजवादी प्रेस संगठन नेपालको जारी केन्द्रीय विस्तारित बैठकमा वरिष्ठ पत्रकार श्याम रिमालले स्थानीय निर्वाचन केन्द्रित सञ्चार रणनीतिसम्बन्धी प्रस्ताव पेस गर्दैछन् ।

पेस भएपछि प्रस्तावमाथि छलफल हुने र आजै पारित हुने उपाध्यक्ष शान्तराम बिडारीले जानकारी दिए । यसअघि शनिबार महासचिव भूपराज खड्काले पेस गरेको संगठनको विधानसम्बन्धी प्रस्ताव पारित भएको छ ।

अध्यक्ष, आठ उपाध्यक्ष, महासचिवलगायत पदाधिकारी सम्मिलित १५१ सदस्यीय केन्द्रीय समिति हुने प्रावधानसहितको विधान पारित भएको हो । शनिबार नै वरिष्ठ पत्रकार टंक पन्तले प्रस्तुत गरेको श्रमजीवी पत्रकारको सेवा सुविधालगायत विषय समेटिएको सञ्चारसम्बन्धी समसामयिक प्रस्ताव छलफलपछि पारित भएको छ ।