logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थानीय तहको चुनावमा गठबन्धन आवश्यक छैन : कोइराला


अंकुरण खबर
1.235K
Shares

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले स्थानीय तहको चुनावमा गठबन्धन गर्न नहुने बताएका छन् ।

सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले चुनावी गठबन्धन आवश्यक नभएको बताएका हुन् ।

कोइरालाले स्थानीय तहको चुनावमा एक्लै लड्न पर्ने उल्लेख गर्दै संसदीय चुनावमा भने गठबन्धनबारे छलफल गर्न सकिने बताए।

कांग्रेस बैठकमा स्थानीय तह चुनावमा गठबन्धन गर्न हुने/ नहुने पक्षमा कांग्रेस नेता विभाजित भएका छन् । बैठक भोलि पनि बस्ने र उक्त बैठकबाट गठबन्धनबारे निर्णय हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।