logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्याक्टरको चक्काले किचेर एक भारतीय नागरिकको मृत्यु


अंकुरण खबर
702
Shares

कविलासी नगरपालिका–८ मा आज बिहान ट्याक्टरको चक्काले किचेर एक जना भारतीयको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक ३० वर्षिय पपु पासवान रहेको सर्लाही प्रहरीले जनाएको छ ।

बाराको गढीमाइ मेला पुगेर बिहान साढे ६ बजे सर्लाही तर्फ जाँदै गरेको भारतीय नम्बरको ट्याक्टरबाट खसेका उनलाई सोही ट्याक्टरको पछाडीको चक्काले किचेको थियो ।

प्रहरीका अनुसार ट्याक्टरको चक्काले किच्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि भारतको सितामढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको प्रहरी चौकी कविलासीले जनाएको छ ।