logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो रहने छ आजको मौसम : काठमाडौँ विश्वकै पहिलो वायु प्रदूषित शहर, सचेत रहन चिकित्सकहरुको आग्रह


अंकुरण खबर
910
Shares

आज पनि मौसममा खासै सुधार आउने देखिएको छैन् ।

हाल देशमा स्थानीय वायु प्रदुषण र भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम प्रभावित हुने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आजको मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वा क्षणिक वर्षाको पनि सम्भावना रहेको छ ।

अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । काठमाडौं उपत्यकाका केही स्थानमा बिहान वर्षा भएको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ ।

बायु प्रदुषण बढेकाले सचेत रहन चिकित्सकहरुको आग्रह

अहिले काठमाडौँ उपत्यका लगाएत देशभरनै बायु प्रदुषण बढेको छ । सोमबार काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बन्नेको थियो । बढ्दो प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

प्रदुषणले आँखा पोल्ने, चिलाउने साथै घाँटी खस खस गर्ने र श्वाश्प्रश्वासमा समस्या, दीर्घ रोगीहरुलाई अझ समस्या हुने भएकाले यसलाई हल्का रुपमा नलिन र बिशेष साबधानी अपनाउन चिकित्सकहरुको सुझाब छ ।

हाल देशका विभिन्न भागमा लागेको डडेलो र भारतको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर बायु प्रदुषण बढेको हो ।