logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

लागूऔषधसहित एक युवक पक्राउ


अंकुरण खबर
416
Shares

जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले दूधपोखरी गाउँपालिका-५ का २३ वर्षीय विधान गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले गुरुङको साथबाट १०-१० थान डाइजेपाम, फेनेरागन र नोफिन बरामद भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

गुरुङलाई बेसीसहर नगरपालिका-७ सेरा बजारबाट लागूऔषधसहित पक्राउ गरेको  हो । गुरुङलाई जिल्ला अदालत लमजुङबाट म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको छ ।