logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शनिबार नर्भिकमा दुई टिमले फ्री ओपिडी चलाउने


अंकुरण खबर
650
Shares

विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत प्रत्येक शनिबार निःशुल्क ओपिडी अभियान संचालन गर्दै आएको नर्भिक अस्पतालले सर्वसाधारणबाट आएको अधिक मागलाई सम्बोधन गर्न आउने शनिबार २ विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ ।

अस्पतालले २ वटा विशेषज्ञहरुको टिमलाई परिचालन गरी आउने शनिबार अर्थात चैत १९ गते ४ घण्टा निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको हो ।

चैत १९ गते नर्भिकको दुई यूरोलोजी टिमले निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो दिन दुईवटा टिमले निःशुल्क सेवा दिनेछ । बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिनेछ ।

मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ ।

यसैबीच, शनिबार बिहान ११ बजेदेखि १ बजेसम्म यूरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपिडी सेवा संचालन गर्नेछ । यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान केही साताअघिदेखि पुनः सुरु भएको छ ।