काठमाडौं – देशका पश्चिमी पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति भने देशको मध्य र पूर्वी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको र यो क्रम जारी रहने छ । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार बिहान यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ।
हिजो बिहान ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।