logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु


अंकुरण खबर
884
Shares

काठमाडौं – ललितपुरको एकान्तकुनामा रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार बेलुकी पौने ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको टिपरमा बा ८७ प २२८५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्कोमा बस्दै आएका पावल साउत र झापाकी १६ वर्षकी प्रतिमा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।