logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य ९८ हजार नौ सय रुपैयाँ


अंकुरण खबर
650
Shares

सुनको भाउ बिहीबार एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने १० रुपैयाँ घटेको छ । बुधबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ ।