logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना, यस्तो रहने छ आगामी ३ दिनको मौसम पूर्वानुमान


अंकुरण खबर
1.118K
Shares

अझै भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा कायम रहेकाले मौसममा उल्लेख्य सुधार आएको छैन् ।

जसले गर्दा आज पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार
आईतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार
सोमबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।