logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

शनिबार बिहान काठमाडौंका यी सडक प्रभावित हुँदै


अंकुरण खबर
1.131K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) अन्तर्गत शनिबार बिहान म्याराथन दौड हुने भएकोले काठमाडौंका विभिन्न सडकखण्डमा शनिबार अत्यावश्यक बाहेक सवारी साधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

कलंकी कोटेश्वर हुँदै भक्तपुरको सुर्यबिनायकसम्मको सडक खण्डमा म्याराथन हुने भएकाले अत्यावश्यक बाहेक सवारी नचलाउन ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको हो ।

म्याराथन शनिबार बिहान सात बजेदेखि सुरु हुँदैछ । दशरथ रंगशालाबाट सुरु हुने उक्त खेल टेकु, कालिमाटी, बल्खु, एकान्तकुना, कोटेश्वर, भक्तपुरको सुर्यबिनायकसम्म पुग्‍ने ट्राफिक महाशाखाले जनाएको छ ।

यस्तै, पुनः उक्त रुट हुँदै कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली, वीर अस्पताल, जमल, लैनचौर, दरबारको उत्तरी ढोका, नागपोखरी, जय नेपाल, संग्रालयको दक्षिणी गेट, घण्टाघर भद्रकाली हुँदै रंगशालासम्म हुने महाशाखाले जनाएको छ ।