logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवाद्वारा राजघाट गई महात्मा गान्धीको समाधीस्थलमा पुष्पगुच्छा अर्पण


अंकुरण खबर
1.261K
Shares

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार विहान नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधीस्थल राजघाट गई पुष्पगुच्छा अर्पण गरेका छन् ।

भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा उनी शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।

उनले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

प्रधानमन्त्री देउवाको भोली वाराणासी जाने कार्यक्रम छ । उनी भोली नै स्वदेश फर्कने छन् ।