logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

ब्राजिलमा बाढी पहिरोमा १४ जनाको मृत्यु


अंकुरण खबर
2.093K
Shares

अबिरल वर्षापछिको बाढीपहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा ५ जना बेपत्ता भएका छन् । दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एट्लान्टिक तटको ठूलो भाग प्रभावित भएको छ ।

आगामी दिनमा अझै धेरै बर्षा हुने अनुमान गरिएको छ ।

बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि छन्। बाढीले उनीहरूको घर बगाएको थियो। उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन्।

६ साताअघि पेट्रोपोलिस सहरमा अबिरल वर्षापछिको बाढीपहिरोमा २३३ जनाको मृत्यु भएको थियो ।